नेपाल प्रहरीले पायो पहिलो महिला 'डाक्टर' एआईजी



Download our app to get more features

काठमाण्डौ, २८ कात्तिक । नेपाल प्रहरीले इतिहासमै पहिलोपटक महिला एआईजी (अतिरिक्त प्रहरी महानिरीक्षक) पाएको छ । 

नेपाल प्रहरी अस्पतालकी चिकित्सक डा. दुर्गा थापाले पहिलो महिला एआइजी हुने सौभाग्य पाएकी हुन् । थापाले अब नेपाल प्रहरी अस्पतालको प्रमुखको रुपमा जिम्मेवारी निभाउने छिन् । उनलाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दज्र्यानी चिन्ह प्रदान गरे । थापालाई कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले एआइजीमा बढुवा गरेको थियो । 

दज्र्यानी चिन्ह प्रदान गरेसँगै महानिरीक्षक खनालले प्रहरी अस्पतालको उपचार र व्यवस्थापकीय गुणस्तर वृद्धि गर्न एआइजी डा. थापालाई निर्देशक दिए । डा. थापाले अस्पताललाई आधुनिक, अनुशासित तथा अस्पतालमा कार्यरत कर्मचारीको मनोबल उच्च राखी सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न आफु तल्लिन हुने प्रतिवद्धता व्यक्त गरिन् । 

 

Last modified on 2018-11-15 08:07:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts