देउसी–भैलोको रकम मिर्गाैला पीडितलाई                                                                                               



Download our app to get more features

दमक, २६ कात्तिक । झापा, शिवसताक्षी नगरपालिका–९ का युवाले देउसी–भैली खेलेर सङ्कलन गरेको रकम मिर्गाैला पीडित स्थानीयबासी सम्झना बुढाथोकीलाई प्रदान गरेका छन् । 

देउसी–भैलोबाट सङ्कलित रु ५० हजार ५६५ आइतबार आयोजित एक कार्यक्रममा बिरामीका बुबा भुवन बुढाथोकीलाई हस्तान्तरण गरिएको थियो । चिकित्सकले २७ वर्षीया सम्झनाको मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने बताएको उनले  जानकारी दिए  ।

बिरामीको उपचारमा हालसम्म रु २२ लाख बढी खर्च भइसकेको र थप उपचारमा समस्या भएकाले बुबा भुवनले सबैसँग थप सहयोगका लागि याचनागरेका थिए । 
रासस
 

Last modified on 2018-11-12 13:47:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts