स्टेन्ट प्रत्यारोपण गरिएका नागरिक अगुवा पद्मरत्न तुलाधरको निधन



Download our app to get more features

काठमाडौ,८ कार्तिक । उच्च रक्तचाप तथा मुटुरोगले ग्रसित भएर एञ्जिओप्लास्टि मार्फत स्टेन्ट प्रत्यारोपण गरिएका बामपन्थी नेता एवं नागरिक अगुवा पद्मरत्न तुलाधरको निधन भएको छ । 

मधुमेहका समेत बिरामी ७८ वर्षीय तुलाधरको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ।. तुलाधरको ३ वर्ष पहिला रक्तनलीमा अवरोध भएपछि एञ्जिओप्लाष्टि गरि सञ्चालनमा ल्याइएको थियो । पछिल्लो समय उनको फोक्सोमा पनि समस्या देखिएको थियो । उनलाई कात्तिक १३ गते बोली लरखराउने शरीरको देव्रे पाटो नचल्ने भएपछि नर्भिक अस्पताल पुर्याइएको थियो ।

उपचारका क्रममा आइतवार रक्तचाप तीव्र रुपमा बढेपछि उनको दिउसो १ बजे निधन भएको हो ।

उनको उपचारमा अस्पतालका नशारोग विशेषज्ञ डा. पकज जलान , मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट, फोक्सोका विशेषज्ञ डा. रमेश चोखानी लगायत संलग्न भएको अस्पतालले जनाएको छ ।
 
 

Last modified on 2018-11-05 07:16:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts