तपाईंले प्रयोग गर्ने प्लेट र चम्चा कस्तो छ ?

Download our app to get more features

यदि तपाईको कम्मर बढि नै बोसोले भरिएको छ तर तपाई खानामा चाहेर पनि कन्ट्रोल गर्न सक्नुभएको छैन भने खाना खाने बेलामा तपाई सानो प्लेट र सानो चम्चा लिएर बस्नुहोस । अझ खाना पस्कने डाडु या पन्यु सानो राख्ने हो भने तपाईको तौल अवश्य नै घट्नेछ ।

कोरेनर युनिभर्सिटीका डा. ब्रायन वान्सिकले अमेरिकी जर्नल अफ प्रिभेन्टिम मेडिसिनमा यस सम्बन्धी तयार पारेको खोज रिपोर्टमा कुनै मानिसले खाने खानामा नियन्त्रण गर्न खाना बाढ्ने डाडु पन्यु र खाना खाने प्लेट र चम्चाको ठुलो भूमिका हुने पुष्टि भएको छ । अनुसन्धानकर्ता ब्रायनको निष्कर्ष छ– जसले तौल घटाउने हो उसले सानो प्लेट र चम्चाको प्रयोग गर्नु निकै लाभकारी छ । त्यतिमात्र होइन कुनै पनि व्याक्तिले जुस या अल्कोहल लिनुपर्दा कम गोलाई भएको होचो ग्लासमा लिए यसले पनि उसको तौललाई घटाउन मद्दत गर्ने उक्त अनुशन्धानमा उल्लेख गरिएको छ ।

यस अनुशन्धानमा डा. ब्रायनले ८५ जना पोषण विशेषज्ञ र स्नातक तहका विद्यार्थीहरुको ठुलो समुहलाई  सहभागी गराएका थिए । जहाँ विभिन्न साइजका आइसक्रिम राख्ने कप प्लेट चम्चाहरु राखिएका थिए । 
अनुशन्धानमा पोषण विशेषज्ञहरुले  पनि ठुलो प्लेट र चम्चा प्रयोग गर्दा बढि खाना लिएको पाइएको थियो । कति खाना लिनुपर्ने हो भन्ने तर्फ  पोषण विज्ञ स्वमं पनि सचेत नभएको पाइएकोेले वान्सिकल मोटा मानिसहरुलाई खाना खादा सानो प्लेट र चम्चा लिएर बस्न सुझाव दिएका छन ।

एजेन्सी

Last modified on 2018-10-24 07:43:02

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts