कलैया अस्पतालको बदमासीः रेविजको भ्याक्सिन फ्रिजमा राखेर बिरामीलाई ठग्दै



Download our app to get more features

कलैया (बारा), १ कात्तिक । बाराको कलैया अस्पतालले फ्रिजमा रेविजको भ्याक्सिन राखेर बिरामीलाई ठग्दै आएको छ ।

कलैया अस्पतालका डा.प्रेम चौरसीयाले रेविजको भ्याक्सिन लगाउन आउने बिरामीलाई भ्याक्सिन सकिएको भन्दै फर्काउने गरेको पाइएको छ । बुधबार रेविजको भ्याक्सिन लगाउन अस्पताल पुगेका एक जना बिरामीले भ्याक्सिन लगाइदिन भनेपछि डा.चौरसियाले भ्याक्सिन सकिएको भन्दै फर्काउन खोजेका थिए । पछि बिरामीले जहिले भ्याक्सिन लगाउन आउँदा सकिएको भन्दै प्रतिनिधिसभा सांसद रामबाबु यादवलाई फोन गरेर जानकारी गराएका थिए ।

जानकारी लगतै अस्पताल पुगेका सांसद यादवले डा.चौरसियालाई फोन गरेर भ्याक्सिन लगाउन अस्पताल आउन भन्दा डा.ले भ्याक्सिन सकिएको जानकारी गराएको सांसद यादवले हाम्रो डाक्टरलाई जानकारी गराए । सांसद यादवले भने, ‘दशैं विदा भएपनि दुई घण्टा अस्पताल खोल्न सरकारले निर्देशन गरेको छ किन अस्पताल भन्दा बाहिर हुनुहुन्छ भनेर डाक्टर चौरसियालाई फोन गरेर भनेको तर, चौरसियाले केहिबेरमा भ्याक्सिन लगाउन आउने भनेर जवाफ दिएका थिए ।’

उनले थपे, ‘आधि घण्टा सम्म डाक्टर अस्पताल नआउँदा फेरि बिरामीको फोन आएपछि डाक्टरलाई फोन गर्दा भ्याक्सिन सकिएको भन्दै पछि मात्रै हुने बताए ।’ पछि सांसद यादवलाईलाई शंका लागेपछि वास्तविकता बुझ्न प्रहरी बोलाएर फ्रिज खोल्दा ४९ भाइल रेविजको भ्याक्सिन फेला परेको थियो ।

यस विषयमा डाक्टरमाथि कारबाहीको प्रक्रिया अघि बढाउन भन्दै बिहिरबार सर्वदलिय बैठक बसेको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बाहिर रहेको र डाक्टर चौरसिया पनि सम्पर्क बाहिर रहेकाले पछि मात्रै निर्णय गरिने सांसद यादवले बताए ।

Last modified on 2018-10-19 12:15:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts