झापामा सवारी चालकहरुको निःशुल्क आँखा परीक्षण अभियान



Download our app to get more features

झापा, २९ असोज । झापामा सवारी चालकहरुको निःशुल्क आँखा परीक्षण अभियान सुरु गरिएको छ । 

मेची आँखा अस्पताल र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले संयुक्तरुपमा सवारी चालकको आँखा परीक्षण गर्न थालेका हुन् । 

झापाको विर्तामोडस्थित बसपार्कमा शिविरको आयोजना गरी आँखा परीक्षण अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । 

बिर्तामोडस्थित नयाँ बसपार्क परिसरमा गरिएको आँखा जाँच कार्यक्रममा एकहजार भन्दाबढी सवारी चालक सहभागी भएका छन् । सहभागीमध्ये केही चालकको आँखामा जटिल समस्या पनि देखिएको छ । चालकको आँखाको दृष्टिमा समस्या हुँदा सवारी दुर्घटना बढ्न सक्ने चिकित्सक बताउँछन् । 

शिविरमा आँखा जाँच गराएका १० जना चालकमा कलर भिजनको समस्या पनि देखिएको थियो । परीक्षण गराएका चालकमध्ये २५ जनाको शल्यक्रिया गर्नु पर्ने अवस्था देखिएको छ । आँखा अस्पतालले शिविरमा आएर आँखा जाँच गराउनेहरुका लागि २० हजार रुपैयाँ बराबरको निःशुल्क औषधि पनि बितरण गरेको थियो । चालकहरुले पनि आँखा परीक्षणको अवसर पाएकोमा खुशी व्यक्त गरेका छन् । 

सवारी अनुमतिपत्र लिँदा स्वास्थ्य परीक्षण गरेका चालक कामको व्यस्तताले आँखा जाँच गर्न पनि नभ्याउने अवस्थामा छन् । यसैकारण मेची आँखा अस्पताल र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले संयुक्तरुपमा सवारी चालकको आँखा परीक्षण गर्ने व्यवस्था मिलाएका हुन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts