प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गरिनेः राज्यमन्त्री यादव



Download our app to get more features

महोत्तरी, २९ असोज: स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले प्रदेश नं २ मा चाँडै प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गरिने तयारी भइरहेको बताएका छन् । 

महोत्तरीको औरही–३ मा अवस्थित सोन्फी दशैँ मावि श्रीपुरमा आयोजित प्राविधिक शिक्षालय तथा पुस्तकालय उद्घाटन समारोहलाई आइतबार गर्दै डा. यादवले सो कार्यका लागि अहिले जग्गा व्यवस्थापनका लागि पहल भइरहेको स्पष्ट पारे । 

औरही नगरपालिकामा रहेका पाँच मावि विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गरी प्राविधिक जनशक्ति उत्पादन गरिने डा यादवले प्रतिबद्धता व्यक्त गरेका थिए । औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले संस्कार र सोचको परिवर्तन गरेर शिक्षामा परिवर्तनको कल्पना गर्न सकिने धारणा राखेका थिए ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts