विश्व बाथरोग दिवसका अवसरमा अल्का अस्पतालद्वारा सचेतना र्याली 



Download our app to get more features

काठमाडौं, २६ असोज । बाथरोग दिवसको अबवसरमा जावलाखेलस्थित अल्का अस्पताल प्रालिले शुक्रबार बिहानै सचेतना र्याली निकालेको छ । अल्का अस्पतालबाट सुरु भएको सो  र्याली पुल्चोक, मंगलबजार, लगनखेल, कुमारीपाटी, जावलाखेलहँुदै पुनः अल्का अस्पताल आएर समापन भएको थियो । 

पछिल्लो समयमा बाथरोगको विज्ञान र प्रविधिको प्रगतिले गर्दा नयाँनयाँऔषधि र उपचार पद्वितिहरु आइसकेकाबिज्ञहरुले बताएका छन् । यो रोगको उपचारपछि ९५% निको हुने सम्भावना रहन्छ भने कति त शतप्रतिशत नै निको हुने वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर अरुणकुमार गुप्ताले जानकारी दिए । बाथ भनेको यो नेपाली भाषामा बुझाउने एक किसिमको रोग हो । बाथलाई अङ्ग्रेजीमा आथ्र्राइटिस भन्ने गरिन्छ । तराईतिर यसलाई गठिया पनि भन्ने गरिन्छ ।

बाथरोग लागेमा शरीरका हाडजोर्नी, मांसपेशी, छाला, नशा दुख्छ । यसले हाडजोर्नी बाहेक शरीरको कुनै पनि भित्री अंग जस्तै मुटु, मिर्गाैला, फोक्सो, टाउको (मस्तिष्क), कलेजो लगायत अंगमा असर गर्छ । 
बाथरोग सयौ किसिमको हुने र हरेकका लक्षण फरक फरक हुने डा. गुप्ताको भनाइ छ । उनले भने ‘दुई सय भन्दा  बढी प्रकारका बाथरोग पत्ता लागिसकेको छ । कुन मानिसलाई कुन किसिमको बाथ भएको हो, समयमै पत्ता लगाई उपचार गर्ने सके नियन्त्रणमा राख्न सकिन्छ ।’ डा. गुप्ताका अनुुसार बाथ नवजात शिशुदेखि ८०-९० वर्षको उमेर सम्मका व्यक्तिलाई जुनसुकै बेला पनि हुनसक्छ । 


 

Last modified on 2018-10-13 06:03:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts