रमेश दनै मृत्यु प्रकरणः अन्ततः ग्राण्डीले खोल्यो मुख, मानवीयता देखाएर पैसा फिर्ता गरेको दावी



Download our app to get more features

काठमाडौं, २३ असोज । शल्यक्रिया पछि सामान्य अवस्थामा फर्किएका बिरामीको रहस्यमय मृत्यु भएको घटना लुकाउन अनेक तिकडम गरेको राजधानीको ग्राण्डी अस्पतालले अन्ततः विज्ञप्ति निकालेर घटनाका बारेमा मुख खोलेको छ । 

घटनामा अस्पतालले लापर्बाही गरेको भन्दै आफन्तजनले अस्पतालमा व्यापक धर्ना दिँदै विरोध गरेपछि अस्पतालले प्रहरी समेतको रहोवरमा परिवारजनसँग माफी माग्दै पीडित पक्षको पैसा फिर्ता गर्न बाध्य भएको थियो ।  

हाम्रो डक्टर न्यूजले अस्पतालले उपचारमा लापरबाही गर्दा बिरामीको मृत्यु भएको र रातारात सम्झौता गरी साम्य पारेको गम्भीर खुलासा भएको भन्ने समाचार लेखेपछि अस्पतालले लुकाउन खोजेको घटना बाहिर आएको हो । हाम्रो डक्टरमा समाचार आएसँगै थुप्रै मिडियाले घटनाको फलोअप गरेका थिए ।

समाचार प्रकाशन भइसकेपछि अस्पतालले विज्ञप्ति निकाल्दै असोज ११ गते बेलुका काठमाडौंको रानीवनमा कार दुर्घटनामा परेका धादिङका ३९ वर्षीय रमेश दनैको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचारमा ध्यानाकर्षर्ण भएको जनाएको छ । अस्पतालद्वारा जारी विज्ञप्तीमा दनैको उपचारका लागि अस्पतालले हरसम्भव प्रयास गरेको तर उनको मृत्यु भएको र अस्पतालले कुनैपनि किसिमको क्षतिपूर्ति नतिरेको तर मानवीय आधारमा उपचार लागेको खर्च मिनाहा गरेको जिकिर गरेको छ । यद्यपी दनैको मृत्युपश्चात मृत्यु नभइसकेको भन्दै पैसा डिपोजिट गर्न लगाएको अस्पतालले अन्तिममा माफी माग्दै पैसा फिर्ता गरेको थियो । उसले मृतकका बालबच्चालाई रोजगारी दिने ग्यारेन्टी समेत गरेको छ । सो कुरा पनि अस्पतालले विज्ञप्तिमा लुकाएको छ । 

यस्तो छ ग्राण्डी अस्पतालले निकालेको विज्ञप्तिः

 

Last modified on 2018-10-10 06:18:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts