स्वास्थ्य बीमा आवश्यक भएपनि फेल हुने चरणमाः राज्यमन्त्री यादव



Download our app to get more features

काठमाडौं, ९ असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले स्वास्थ्य बीमा आवश्यक भएपनि फेल हुने चरणमा पुगेको बताएका छन् ।

विश्व फार्मेसी दिवसको अवसरमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले स्वास्थ्य बीमा कार्यक्रम फेल हुने अवस्थामा पुगेको बताए । 

उनले भने, ‘नेपालमा उत्पादीत ११ सय भन्दा बढि औषधि बीमामा छन् । औषधिलाई राम्रो र सफल रुपले स्थापित गराउनु छ भने फर्मा्सिस्टलाई पनि बीमामा सहभागि गराउनु पर्छ । बीमामा ल्याव, फर्मा्सिस्ट नभए बीमा कार्यक्रम फेल हुन्छ ।’

औषधिका क्षेत्रमा मन्त्रालय आफैं शून्यको अवस्थामा रहेको भन्दै त्यसलाई कसरी माथि उठाउन सकिन्छ भन्ने आधार नै रहेको र यसलाई परिवर्तन गर्न आवश्यक भएको उनले बताए । 

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले औषधिको विकास र समृद्धिका लागि विज्ञलाई सम्मान गर्नु पर्ने बताए । उनले भने, ‘हेल्थ केयर टिममा नाम लिँदा टप ४ भित्र फार्मे्सि पर्छ । तर, तिनलाई प्रोत्साहन गर्नका लागि कुनैपनि काम गरिएको छैन । जुन दुखद हो ।’

बजारमा गुणस्तरीय औषधि पुर्याउन सबैको सार्थक भूमिका आवश्यक रहेको ढकालको भनाइ छ ।

 

Last modified on 2018-09-26 08:12:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts