मुलुकी ऐन संशोधन गराउन चिकित्सक संघको दवाव जारी, तीन ठाउँमा डेलिगेसन



Download our app to get more features

काठमाडौं, ८ असोज । नेपाल चिकित्सक संघले मुलुकी अपराध संहिता संशोधन सम्बन्धमा विभिन्न समितिका सभापतिहरूलाई भेटेर सचेत गराएको छ ।

संघले सोमबार संशोधन गरिएको बुँदा अनुसार नै सरकारले कानून निर्माण गरोस भनेर कानुन मन्त्रीलाई विशेष रुपले सचेत गराएको हो । 

राष्ट्रिय सभाको विधायन समितिले भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध फौजदारी संहिता २०७५ मा चिकित्सकको कसुरको अनुसन्धान गर्ने समितिमा मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ रहनेगरी संशोधन गराएपछि संघले आज कानुनमन्त्री भानुभक्त ढकाललाई भेटेर सचेत गराएको हो । 

संशोधन गरिएको कुराको मर्म नबद्लियोस भनेर संघले सभामुख कृष्ण बहादुर महरा र सत्ताधारी दल नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई पनि भेटेर सचेत गराएको संघका सह कोषाध्यक्ष डा.प्रकाश बुढाथोकीले बताए । 

उनले भने, ‘जुन मर्म अनुसार संशोधन गरिएको छ सरकारले कानून पनि त्यहि मर्म अनुसार नै बनाओस । त्यहि भएर कानुनमन्त्रीलाई सबैभन्दा पहिले यस विषयमा सचेत गराएका हौं ।’ 
 

Last modified on 2018-09-25 07:13:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts