नेपाल नेशनल अस्पतालको महाप्रबन्धकमा पुर्व डिआइजी शर्मा 



Download our app to get more features

काठमाडौं, ८ असोज । नेपाल नेशनल अस्पतालको व्यवस्थापकीय प्रमुखको रुपमा पूर्व डिआइजी रविन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् ।

नवबनियुक्त महाप्रबन्धक शर्माले आफ्नो कार्यकालमा अस्पताललाई आमनागरिकको पहुँचको अस्पतालको रुपमा विकास गर्ने बताएका छन् । नेपाल नेशनल अस्पतालले अहिले पनि तुलनात्मक रुपमा सस्तोमा उपचार सेवा दिइरहेको प्रष्टाउदै उनले अस्पतालको सेवालाई थप विश्वसनीय र प्रतिश्पर्धी बनाउने बताए । उनले स्वास्थ्य उपचार सेवामा रहेको विकृति नियन्त्रण र न्यूनिकरणका लागि आफ्नै अस्पतालबाट अभियानका रुपमा सुरु गर्ने पनि बताएका छन् । अस्पतालमा आज आयोजित स्वागत कार्यक्रममा करिब दुई सयको उपस्थिति थियो । 

Last modified on 2018-09-24 17:09:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts