सर्पदंशका बिरामीलाई निजीमा रिफर गर्ने भरतपुर अस्पतालमाथि छानवीन हुने



Download our app to get more features

काठमाण्डौ, २५ भदौ । चितवनमा ३ वर्षका बालकको सर्पको टोकाईपछि आइसियु अभावमा मृत्यु भएको भन्ने घटनाउपर सरकारले छानवीन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवले ३ वर्षका बालकको आइसिय अभावका नाममा अकाल मृत्यु हुनु दुःखद भएको भन्दै छानवीन गर्ने जनाएका हुन् । 

उनले भरतपुर अस्पतालमा वास्तविक रुपमै आईसीयू वेड खालि भए नभएको र किन निजी अस्पतालमा रिफर गरियो भन्नेबारेमा छानवीन केन्द्रित हुने बताए । राज्यमन्त्री यादवले नीजि अस्पतालमा एन्टिभेनम उपलब्ध नहुने थाहा हुँदाहुँदै सरकारी अस्पतालले किन आधारातमा बिरामीका आफन्तलाई दुःख दियो भन्ने विषय गम्भीर रहेको बताए । उनले भने, ‘डाक्टरहरुले आफ्नो कर्तव्य पुरा नगरेको खण्डमा र जनताले चिकित्सकमाथि दुव्र्यवहार गरेको खण्डमा जनतालाई पनि बाध्ने कानुन ल्याउन लागेका छौं ।’

अघिल्लो साता सर्पको टोकाइबाट गम्भीर भएका तीन वर्षीय सलिन खानलाई भरतपुर अस्पतालले आइसियू नभएको भन्दै उपचार गर्न नमान्दा ज्यान गएको थियो । अस्पतालले निजीमा र निजीले पुनः भरतपुर अस्पतालमा नै रिफर गर्दा बालकको ज्यान गएको थियो । केन्द्रिय बराबरको सुविधा भएको भरतपुर अस्पतालले आकस्मिक आइसियु समेत नभएको भन्दै बच्चालाई रिफर गरेको भन्दै मृतकका आफन्त आक्रोशित भएका छन् । 

Last modified on 2018-09-12 07:15:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts