प्रदेश १ मा ५० बेडको आयुर्वेद अस्पताल 



Download our app to get more features

काठमाडौं, ५ भदौं । सरकारले संघीय संरचना अनुसार प्रेदेश नम्बर १ मा सुविधा सम्पन्न आयुर्वेद अस्पतालको निमार्ण गर्ने भएको छ । ५० वेड क्षमताको उक्त अस्पतालको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार शिलन्याश गर्ने भएका छन् ।

आयुर्वेद व्यवस्था विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायका अनुसार प्रदेश नम्बर १ मा बन्न लागेको आयुर्वेद अस्पताल अन्तराष्ट्रिय स्तरको हुने छ । १७ करोड लागतमा निमार्ण हुने अस्पतालको काम दुई वर्षमा सम्पन्न हुने छ ।

उपाध्यायका अनुसार अस्पताल निमार्णको कार्य भवन विभागले गर्नेछ । झापाको लखनपुरमा अस्पताल बन्ने छ । प्राकृतिक योगलाई पनि समन्वय गर्दै होमियोप्याथी पनि सोही अस्पतालले सेवा दिने छ । अस्पताल निमार्ण पछि भारत र नेपालका लाखौ नागरिकले प्रत्यक्ष र परोक्ष रुपमा स्वास्थ्य सेवा पाउँनेछन् । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts