सुर्खेत क्षेत्रीय अस्पतालमा आगलागी



Download our app to get more features

वीरेन्द्रनगर, ४ भदौ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको जेनेरेटरमा आज अपरान्ह आगलागी भएको छ । 

अपराह्न साढे ३ बजेतिर अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको क्षेत्रीय अस्पतालले जनाएको छ । 

आगलागीबाट शवगृह परिसरमा राखिएको ५० केभिएको जेनेरेटर जलेर ध्वस्त भएको क्षेत्रीय अस्पतालका मेडिकल रेकर्ड अधिकृत विनोद बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट रु १२ लाखको जेनेरेटरमा क्षति भएको छ । 

आगलागीबाट मानवीय क्षती भएको छैन । वीरेन्द्रनगर नगरपालिकाको दमकलले आधा घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो । विद्युत चुहिएर आगलागी भएको आशंका अस्पताल प्रशासनले गरेको छ ।

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts