प्रदेश सरकारले भिटामिन 'ए' खरिद गर्न नसकेपछि दाता गुहार्दै स्वास्थ्य मन्त्रालय



Download our app to get more features

काठमाडौं, ३० साउन । सरकारले सञ्चालन गर्दै आएको ‘भिटामीन ए’ कार्यक्रमका लागि भिटामिन ए क्याप्सुल किन्न नसकेपछि सरकारले दातृ निकायबीच हारगुहार थालेको छ ।

आगामी कात्तिक २ र ३ गते सञ्चालन हुनुपर्ने ‘भिटामीन ए’ कार्यक्रमका लागि अहिलेसम्म भिटामिन खरिद प्रक्रिया नै सुरु नहुँदा कार्यक्रम प्रभावित हुने भएपछि सरकारले दाता खोज्न थालेको हो ।

मुलुक संघीय संरचनामा गएसँगै सरकारले सम्पूर्ण जिम्मेवारी प्रदेश र स्थानीय सरकारलाई सुम्पेको छ । तर, प्रदेश र स्थानीय सरकारलाई भिटामिन खरिद प्रक्रिया नै थाहा नहुँदा समस्या भएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख डा.आर.पी. विच्छाले स्थानीय तहबाट स्वास्थ्य सेवा प्रवाह गर्ने हुँदा भिटामिन खरिदका लागि बजेट प्रदेश सरकारलाई गइसकेको तर, त्यहाँको सरकारलाई खरिद प्रक्रियाका बारेमा जानकारी नहुँदा र खरिदको प्रशासनिक संयन्त्र नहुँदा समस्या भएको बताए ।

उनले भने, ‘प्रदेश र स्थानीय सरकारलाई पठाई सकेको बजेट फिर्ता ल्याउन सक्ने अवस्था छैन । र। यदि बजेट ल्याइ हालियो भने पनि २ महिनामा भिटामिन खरिद सम्भव छैन ।’ उनले थपे, ‘खरिद प्रक्रियाका लागि टेन्डर आह्वान गर्दा कम्तिमा ३ महिना लाग्ने हुँदा यस वर्ष अनुदाताबाटै सहयोग लिनुपर्ने छ ।’

टेन्डर प्रक्रियाबाट खरिद गरिने भिटामिनका लागि समय नहुँदा अब सहयोगी दाताको खोजिमा छौं ।’ प्रदेश सरकारका प्रतिनिधिहरुले भिटामीन ए कार्यक्रमका लागि आवश्यक औषधि र भिटामिन यूनिसेफ लगायत गैरसरकारी संस्थाहरुसँग माग्न थालेको बताइएको छ ।

Last modified on 2018-08-16 08:17:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts