सरकारी अस्पतालको एकमात्रै एम्बुलेस बिग्रियो, बिरामी निजी एम्बुलेन्स चढ्न बाध्य



Download our app to get more features

ताप्लेजुङ, ३० साउन । जिल्ला अस्पताल ताप्लेजुङको एक मात्र एम्बुलेन्स झन्डै दुई वर्षदेखि बिग्रिएर थन्किएपछि सेवाग्राही मर्कामा परेका छन् । 

एम्बुलेन्समा सामान्य खराबी आए पनि समयमै मर्मत नगरी थन्क्याएर राखिँदा सेवाग्राही सेवा पाउनबाट बञ्चित भएका छन् । एम्बुलेन्स थन्किदा बिरामीलाई चर्को मूल्य तिरेर निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता भएको छ । यतिमात्रै नभई जिल्लाका विभिन्न ग्रामिण क्षेत्रसम्म जान सक्ने फो व्ह्लि एम्वुलेन्स नहुँदा स्थानीयलाई झनै समस्या भएको छ । 

एम्बुलेन्स बिग्रिएको भन्ने जानकारी भएको तर, के मा खराबी आएको भन्ने यकिन नभएको अस्पतालको भनाइ छ ।

जिल्ला अस्पतालको एकमात्र एम्बुलेन्स लामो समयदेखि नचलेका कारण उपचारका लागि अस्पताल पु¥याउनु पर्ने र जिल्ला बाहिर लैजानुपर्ने बिरामीलाई सास्ती भएको छ । अस्पतालका केहि कर्मचारीले कमिसन नमिल्दा एम्बुलेन्स मर्मत नगरी विभिन्न प्रतिष्ठानद्वारा सञ्चालित एम्बुलेन्सको प्रयोग गर्न बाध्य बनाएको स्थानीयको आरोप छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts