अल्का अस्पतालद्वारा अपाङ्गता भएका ७ जनालाई ह्विल चेयर प्रदान



Download our app to get more features

ललितपुर, २० साउन । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले धापाखेलका ७ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई ह्विल चेयर प्रदान गरेको छ । 

अल्का अस्पताल, तथा अल्का पोलिक्लिनिक प्रालि सातदोबाटोले शनिबार ललितपुरको धापाखेलमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा प्रदेश नम्बर ३ की सांसद देवकी वान्तवाले ह्विल चेयर प्रदान प्रदान गरेकी हुन् ।

पुर्ण गोपाल श्रेष्ठ, बासुदेव खड्का, गिता मालाकार, तारा महर्जन, संझना कार्की, गोमा खत्री र पवित्रा ज्ञवालीलाई वान्तवाले ह्विल चेयर प्रदान गरेकी हुन् । 

ह्विलचेयर पाएपछि उनीहरु खुसी भएका थिए । जल्पा माविमा भएको निशुल्क स्वास्थ्य शिविरलाई लाइन्स क्लव अफ काठमाडौं अल्का, लियो क्लव काठमाडौं अल्का र नागदह पर्यटन सहकारीले सहयोग गरेका थिए । 

शिविरमा स्त्री रोग विशेषज्ञ, बाथरोग विशेषज्ञ,दन्त रोग विशेषज्ञ, नाक, कान घाँटी रोग विशेषज्ञ र जनरल फिजिसियनहरुले करिव ३ सय विरामीको स्वास्थ्य परीक्षण गरेका थिए । बिरामीहरुलाई औषधि पनि निशुल्क प्रदान गरिएको थियो । 

अल्का अस्पतालकी कार्यकारी निर्देशक विद्या श्रेष्ठले स्थानीय निकायहरुसँग स्वास्थ्य शिविर र ह्विल चेयर बाँड्न पाउँदा खुसी भएको बताइन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts