छोरालाई भेट्न अस्पताल पुगिन् डा. केसीकी आमा



Download our app to get more features

काठमाडौं, ७ साउन । पटक-पटक चिकित्सा क्षेत्र सुधारको माग राख्दै सत्याग्रह गर्दै आएका प्रा.डा. गोविन्द केसीलाई भेट्न उनकी आमा अस्पताल पुगिन् । अनसनस्थलमा सुतिरहेका छोरालाई आइतबार राति भेट्न त्रिवि शिक्षण अस्पताल पुगेकी आमा मित्रकुमारीका आँसु बररर बग्न थाल्यो ।

आमाको आँसु झरेको देखेपछि डा. केसीको आँखा पनि रसाएको थियो । बहिनीसँग आएकी डा. केसीकी आमाले करिब ५ मिनेट छोरालाई नियालिरहिन् । डा. केसीले पनि आमालाई हेरेर आँसु झारिरहे, केही बोल्न सकेनन् ।

छोरालाई हेर्न आएकी आमा मित्रकुमारीले बरबरी आँसु झार्न थालेपछि डा. केसीकी सानीआमाले लिएर बाहिर निस्केकी थिइन् । डा केसीले थालेको १५ औं अनसन आज २४ दिन पुगेको छ ।

आमा छोराका आँसु मात्र झरिरहेको देखेपछि डा. केसीका सहयोगी, मेडिकल टिम समेत केही समय अवाक भएको थियो ।

Last modified on 2018-07-23 16:09:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts