बीएण्डबीमा क्याथल्याव सुरु, स्वास्थ्यमन्त्रीले गरे डा. वैद्य र बास्कोटाको प्रशंसा



Download our app to get more features

ललितपुर । ललितपुको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा मुटु उपचारका लागि क्याथल्याव सुरु भएको छ । 

क्याथल्यावको उद्घाटन शुक्रवार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गरे । उद्घाटन पछि बोल्दै मन्त्री यादवले बीएण्डबीका दुई जना संस्थापक डा. जगदिशलाल वैद्य र डा. अशोक बास्कोटा नेपाली चिकित्सा क्षेत्रका पायोनियर भएको बताए । उनले डा. वैद्य र बास्कोटाको सम्बन्धबाट नेपाली राजनीतिले पाठ सिक्नुपर्ने भन्दै प्रशंसा गरे ।

चुनौतिका रुपमा रहेको नसर्ने रोगको वृद्धिदर कम गर्न अस्पतालको योगदान सँधै महत्वपूर्ण हुने मन्त्री यादवले बताए । नेपालको तराई क्षेत्रमा पनि यस्तै सुविधासम्पन्न अस्पताल खोल्न आवश्यक रहेको भन्दै त्यसका लागि स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने जिकिर गरे । 

कार्यक्रममा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले बीएण्डबी तथा डा. बैद्य र बास्कोटाको योगदान अतुलनीय भएको टिप्पणी गरे । उनले भूकम्पका समयमा अस्पतालले गरेको सेवाको प्रशंसा गरे । 

Last modified on 2018-07-21 07:20:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts