प्रथम राष्ट्रिय प्री–हस्पिटल केयर सम्मेलनमा मेडिकल बेसको ज्ञान



Download our app to get more features

काठमाडौं, ४ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल एम्बुलेन्स सेवा (नास), विश्व स्वास्थ्य संगठन नेपाल, डेनिस रेडक्रस र युरोपियन युनियन मानवअधिकार निवारण र नागरिक संरक्षणले नेपालमा पूर्व अस्पताल हेरविचार विषयमा पहिलो राष्ट्रिय सम्मेलन गरेको छ ।

बिहीबारबाट शुरु भएको सम्मेलनको उद्घाटन स्वास्थ्य र जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले गरिन् । कुनैपनि घटना घटेपछि अस्पताल पुग्नुअघि बिरामीको प्रारम्भिक अवस्था, मूल्यांकन, जीवन जोखिम तथा आपतकालीन स्थितिमा उपयुक्त प्रारम्भिक कदमका साथै, रोगीको स्थानान्तरणमा उचित निगरानी र उनीहरूको मेडिकल बेससँग राम्रो संचार कसरी गर्ने भन्ने विषयमा कार्यक्रम केन्द्रित छ ।

नासका अध्यक्ष तथा नेपाल एम्बुलेंस सेवाका संस्थापक ओम राजभण्डारीले धेरै बिरामी र घाइतेहरू आकस्मिक उपचारको कमीले गर्दा र अस्पतालमा सुरक्षित यातायात जहाँ उनीहरूले निश्चित हेरविचारको कमीले गर्दा समयमै उपचारबाट बञ्चित रहेको बताए ।

साथै, उनले प्रशिक्षित कर्मचारीहरू र सुविधायुक्त एम्बुलेंसको कमीले धेरै व्यक्तिले ट्याक्सी वा चालक मात्र रहेको सामान्य एम्बुलेंस प्रयोग गर्न बाध्य भएका कारण धेरै मानिसको सामान्य उपचार र हेरचाहको कमीले मुत्युसम्म भएको बताए ।

त्यस्तै, नासको प्रमुख संस्थापक अध्यक्ष डा.राजेश गोङ्गलले भने ‘हाम्रो देशमा इमरजेंसी मेडिकल सेवाको लागि सोच बनाइएको छैन । हामी स्वास्थ्य सेवाका साझेदारहरुले सरकारी संयन्त्रको सहयोगमा दीर्घकालीन दृष्टिकोणको सिर्जना गर्न संयूक्त काम गर्नुपर्छ । आशा गर्दछ कि यो सम्मेलनले हामीलाई त्यो दिशामा पुर्याउनेछ ।’

कार्यक्रममा राज्यमन्त्री अर्यालले सबै एम्बुलेन्सहरूको लागि केन्द्रीय संचार केन्द्र बनाउनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नासका बीच साझेदारी गर्ने बारेमा आश्वासन दिइन् । उनले नासकै ईएमएस अवधारणाको नेतृत्व गर्नुपर्ने र नेपाल सरकारसँग हरेक नेपालीलाई पूर्व अस्पतालको सुरक्षा प्रदान गर्नका लागि काम गर्नुपर्ने बताएका छन् ।

पूर्व अस्पताल हेरचाह बिरामीले प्राप्त गर्ने आकस्मिक उपचार हो जुन सामान्यतया आपतकालीन मेडिकल टेक्नीसियन र प्यारामेडिक्सद्धारा अस्पताल पुग्न अघिको समयमा एम्बुलेन्समा गरिन्छ । शुक्रवारसम्म चल्ने सम्मेलनमा स्वास्थ्यकर्मी, चिकित्सक र मेडिकल प्रतिनिधि सहभागी छन् ।

Last modified on 2018-07-20 09:14:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts